Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु


    बिहिबार, पुष ७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

    सोही स्थानमा तुलसी हुमागाईंले सञ्चालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आएकी रखाल बुधबार साँझ मिलभित्रै आगो तापेर बसेकी थिइन् ।

    अचानक शरीरको कपडामा आगो सल्किई घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार