Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाँदै 


    बिहिबार, पुष ७ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। सो अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल उपस्थित हुने भएका छन् 

    अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ खुवाउने भएका हुन्। 

    रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् । 

    रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद भवन जान लागेका हुन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार