काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मंगलबार प्रतितोला रु आठ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु तीन सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला रु तीन सय रुपैयाँले बढ्दै एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।