काठमाडौं । चिसो बढेसँगै काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ। उक्त हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।
खराब मौसमले भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।
मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए ।
आज बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।