Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश 


    बुधबार, पुष ६ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई रिहा गर्न आदेश दिएको हो ।

    सर्वोच्चले उनलाई १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन पनि आदेश दिएको छ । आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै कैदमुक्त हुन पाउँ भनी शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

    शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार