Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


    बुधबार, पुष ६ २०७९
    2.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मकवानपुरमा बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका – ९ खरंगामा आज बाटो पार गर्दै गरेकी भोजपुरकी ४५ वर्षीया सीता मिजारको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

    काँकडभिट्टाबाट स्याङ्जाका लागि छुटेको बसबाट ओर्लिएर चिया पसलमा जाँदै गरेकी  मिजारलाई झापाबाट पोखराका लागि छुटेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो । 

    हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा थप  भइरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार