काठमाडौं। काठमाडौं महानगरले आज पनि अवैध संरचनामाथि डोजर चलाएको छ । महानगरले आज बुधबार अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा डोजर चलाएको हो ।
धोबिखोला करिडोर क्षेत्रमा रहेका अनधिकृत संरचना भत्काउँदा काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । महानगरपालिकाले मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो ।
यस्तै हनुमानस्थान भाटभटेनीदेखी मैतीदेवीसम्म भने सडक पिचको काम भइरहेकाले सवारी व्यवस्थापनमा थप समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हनुमानस्थान थापागाउँ हुँदै चल्ने ठूला सवारी साधनलाई भने माइतीघर हुँदै सञ्चालन गराइएको छ ।