Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कैलालीमा टिप्परको ठक्करबाट ३ वर्षीय  बालकको मृत्यु : स्थानीय र प्रहरीबीच झडप


    बुधबार, पुष ६ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार बिहान टिपरले ठक्करदिँदा ३ वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

    उक्त घटनापछि स्थानीय बासिन्दाले अबरुद्ध पारेको पूर्वपश्चिम राजमार्गमा यातायात सन्चालन गर्न परिचालन भएको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो। स्थानीय बासिन्दाले अवरोध हटाउन गएका प्रहरीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका हुन् ।

    अटोमा सवार रहेका बालकको मृत्यु भएपछि स्थानीयले चर्को विरोध गर्दै  पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका प्रहरीको भनाइ छ। बालकलाई ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको एक स्थानीयले जानकारी दिए । दुर्घटनामा अटोमा सवार मृतक बालककी आमासमेत घाइते भएकी छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार