काठमाडौं महानगरपालिकाले केहि महिनादेखि सुरु गरेको अवैध संरचनाहरु हटाउने अभियानलाई जारी राख्दै महानगरले आज काठमाडौँको अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ। काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको श्रोतले जनाएको छ।
बुधबार धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकरी दिए।
उनका अनुसार अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाएको हो।
महानगरले गएको साउन १ गते ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउने अभियान थालेको थियो । तर त्यहाँका अवैध संरचना आफैं भत्काउन पटक–पटक भन्दा नटेरेका कारण आज डोजर चलाउने निर्णय भएको हो।