Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • किन गगन थापालाई आफ्नै समूहका सांसदले दिएनन् मत ?


    बुधबार, पुष ६ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापा पराजित भएका छन्। कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै संसदीय दलको नेताका लागि देउवासँग प्रतिस्पर्धा गरेका थापाले आफ्नै समूहबाट मत भने पाउन सकेनन् ।

    आज बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए । 

    शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ । 

    शेखर कोइराला समूहमा रहेका ३१ सांसद  र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार