Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जग खन्दा भेटियो तोपगोला


    बुधबार, पुष ६ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने  तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं.४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।

    नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो  हतियार  तोपगोला  भेटिएको हो । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा  रहेको  थियो। उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार