Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत् प्राधिकरणले बेच्यो भारतलाई ११ अर्ब बढीको बिजुली


    मंगलबार, पुष ५ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ ।  एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यातबापत उक्त रकम आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

    नेपालमा खपत गरेर बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो । गत जेठ १९ देखि पुस ३ गतेसम्म बिजुली निर्यातमार्फत् उक्त रकम आर्जन भएको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०७८र७९ को जेठ असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख  रुपैयाँ कमाएको थियो ।

    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार