एजेन्सी । अमेरिकाको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।
विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको हो ।