Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संसदीय दलको नेतामा देउवाविरुद्ध गगनले उम्मेदवारी दिने


    मंगलबार, पुष ५ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग भिड् साझा उम्मेदवारको खोजी गरिरहेको कांग्रेसकाे संस्थापन इतरसमूह आज बिहानै देखि छलफलमा जुटेको थियो। उक्त छलफलमा लागेको समूहमा भने सहमति जुटेको छ।

    सहमति अनुसार संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । कांग्रेस संसदीय दलको नेता छान्ने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । 

    सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षको छलफल भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार