Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कति छ आज सुन-चाँदीको मूल्य ?


    मंगलबार, पुष ५ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको तेस्रो कारोबार दिन मंगलबार सुन-चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य निर्धारण गर्दै   सोमबारको तुलनामा आज सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । 

    यससँगै, आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । 

    यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार