Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा भोलि मेयर कप साइकल दौड हुँदै 


    मंगलबार, पुष ५ २०७९
    2.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। पोखरामा भोलि बुधबार दोश्रो मेयर कप साइकल दौड हुने भएको छ । टूर दि पोखराको पुर्वसन्ध्यामा पोखरा महानगरपालिका खेलकुद विकास समितिले मेयर कप साइकल दौड आयोजना गर्न लागेको हो ।

    पोखराको ५० किलोमिटर दुरीमा हुने साइकल दौड प्रतियोगितामा विभिन्न जिल्लाका ६० भन्दा बढी खेलाडी सहभागी हुने समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । 

    प्रतियोगितामा ४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा दौड हुने छ । पोखरा २१ बाट सुरु हुने प्रतियोगिता मट्टिखान, धुवाँरकोट, बाघखोर, भालुडाँडा हुँदै कमेरेमा पुगेर समापन हुनेछ ।

    यस्तै, यस प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ पहिलो हुनेलाई ३० हजार, दोस्राे हुनेलाई २० हजार र तेस्राेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

    ४० वर्षमाथिको विधामा पहिलोलाई १० हजार, दोस्राेलाई ७ हजार र तेस्राेलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

    यसैक्रममा साइकल सिटी पोखराको आयोजनामा आगामी पुस ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार