काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरेको छ । त्यसको बिक्री दर भने १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।