काठमाडौँ । झापाको जङ्गलमा दुई जनाको शव फेला परेको छ । मेची नगरपालिकास्थित चारआली जङ्गलमा सोमबार अपराह्न महिला र पुरुषको शव भेटिएको हो ।
महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।आत्महत्या वा हत्या भन्ने विषयमा अहिले नै केही भन्नसक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।