Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ


    सोमबार, पुष ४ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने कालिकोट साविक बदालकोट गाविस वडा नं. २ घर भइ हाल जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. २ बस्ने वर्ष २२ का कपिल शाहीलाई पक्राउ गरेको छ ।

    शाहीले वैदेशिक रोजगारको सिलसिलामा युरोप पठाई दिन्छु भनि विभिन्न तवरबाट ललाई फकाई विश्वास दिलाई रकम लएर सम्पर्कविहीन भएको आरोप छ । 

    विदेश पठाउने भन्दै तीन लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने जाहेरी परेपछि शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

    उनलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा दिन सात म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार