Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेस्सीको विश्व च्याम्पियन सपना पूरा


    सोमबार, पुष ४ २०७९
    375
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।

    खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  

    अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । 

     खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार