काठमाडौँ । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरी जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ ।
अत्तरियाको पूर्वरोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन् । सुनारको दाहिने हात र ढाडमा गोली लागेको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतिका सूचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टका अनुसार कैलाली गोदावरी नगरपालिका(२ सशस्त्र क्याम्प अगाडी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको अपरिचिति मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएका थिए ।
उक्त स्थानमा प्रहरी निरीक्षक बासुदेव भट्टको कमाण्डमा ११ जनाको प्रहरी टोली खटिएको छ ।