काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुक स्टाटसमा प्रयोग भएको शब्दले दलित समुदायलाई नकारात्मक असर परेको भन्दै माफी मागेका छन् । कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको उल्लेख गर्दै मेयर साम्पाङले आज विज्ञप्तिमार्फत माफी मागेका हुन् ।
आफूले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग भएको भन्दै उनले दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गरेका छन् ।
मेयर राइको अभिव्यक्तिले दलित समुदायमाथि अपमान भएको भन्दै धरानकै कार्यपालिका सदस्यदेखि दलित संघसंगठनहरुले चर्को विरोध जनाउँदै आएका छन् ।