काठमाडौं। सेयर बजार आज पनि ओरालो लागेको छ। आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ। आइतबार परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ।
गत बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो।
आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
आइतबार कृषि बिकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। यता रिडी पावर कम्पनीको पनि ५ करोड ४३ लाख बराबरको कारोबार भएको छ।
आज १३ वटा उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रो पावर र अन्य इन्डेक्समा २ प्रतिशत भन्दाबढिले ओरालो लागेको छ ।