काठमाडौँ । अर्जेन्टिना र फ्रान्स बीचको २०२२ कतार विश्वकपको फाइनल हेर्नको लागि सबैजना तयारी गरिरहेका छन् । आज आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन् । दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन् ।
स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् । केलियन एमबाप्पे भन्दा लियोनेल मेस्सीलाई रोज्ने धेरै प्रसिद्ध व्यक्तिहरू छन् जस्तो देखिन्छ ।
यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।
शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए ।