Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकपको फाइनलमा क्रिस्टियानो रोनाल्डोको समर्थन मेस्सीलाई !


    आइतबार, पुष ३ २०७९
    465
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्जेन्टिना र फ्रान्स बीचको २०२२ कतार विश्वकपको फाइनल हेर्नको लागि सबैजना तयारी गरिरहेका छन् । यसै क्रममा क्रिस्टियानो रोनाल्डो अब विश्वकपमा छैनन् । यद्यपि यसको मतलब यो होइन कि फ्रान्स र अर्जेन्टिनाको बीचमा तय हुने नयाँ विश्व च्याम्पियनको उपाधि कसले जित्छ भन्नेमा उनको चासो छैन ।

    क्रिस्टियानो कसले जितोस् भन्ने चाहन्छन् भनेर धेरैले सोचिरहेका छन् । धेरैले उनको समर्थन फ्रान्सलाई हुन सक्छ भन्ने सोच्छन् । किनकि अर्जेन्टिनाको कप्तान उनका महान प्रतिद्वन्द्वी लियोनेल मेस्सी हुन् जोसँग रोनाल्डोको लामो समय प्रतिस्पर्धा चल्यो ।

    तर तथ्य यो हो कि सामाजिक संजालमा एउटा भिडियो चर्चामा छ जसमा रोनाल्डोले अर्जेन्टिना र यसका मानिसहरूलाई ठूलो कारणको लागि आफ्नो ‘प्रेम’ व्यक्त गरेका छन् । र, यो कारण हुन् – जर्जिना रोड्रिग्वेज ।

    रोनाल्डोकी गर्लफ्रेण्ड रहेकी इन्फ्लुएन्सर जर्जिनासँग अर्जेन्टिनाको नागरिकता छ । त्यसैले यो तार्किक छ कि पोर्चुगिज स्टारसँग त्यो देशको लागि ठूलो सम्मान छ।

    “मेरी प्रेमिका अर्जेन्टाइन हुन् । धेरैलाई थाहा छैन कि उनी आधा अर्जेन्टाइन र आधा स्पेनिस हुन्। म अर्जेन्टिनालाई माया गर्छु । धेरैलाई लाग्छ कि मलाई अर्जेन्टिनाको माया छैन तर मलाई अर्जेन्टिना धेरै मन पर्छ,” रोनाल्डोले भने ।

    विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।  नेपाली समय अनुसार साँझ पौने ९ बजे फाइनल खेल लुसिल स्टेडियममा सुरु हुने भएको हो । 

    गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार