Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ‘महापुरुष’ टिमले ५१ औं दिनमा केक काट्दै खुशीयाली साट्यो


    आइतबार, पुष ३ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिन मनाएको उपलक्ष्यमा निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ ।

    प्रदीप भट्टराईको लेखन यस फिल्मले शनिबार राजधानीसहित मोफसलका केही हलमा प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको हो । 

    उक्त उपलक्ष्यमा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमकाबीच केक काटेर ५१ औं दिनको सेलिब्रेशन गरेको छ ।

    कार्यक्रममा फिल्मको निर्माण टिमसँगै सञ्चारकर्मीहरूको उपस्थिति थियो । यस चलचित्रले आजसम्म ११ करोड कमाएको छ ।

    उक्त चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार