Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   कति पाउँछन् फिफा विश्वकप विजेताले ?


    आइतबार, पुष ३ २०७९
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। कतारको राजधानी दोहामा जारी फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । नेपाली समय अनुसार आज साँझ पौने ९ बजे दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्स विश्वकप उपाधिका लागि भिडन्त गर्ने छन्  । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् । 

    अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो भने यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि हात परेको थियो। फ्रान्स यो पटक पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

    कतार विश्वकपबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम  प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।

    विजेताले ४ करोड २० लाख डलर पाउने छन् । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख  डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् । 

    क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार