Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेतन अयडीको हत्याको विरोधमा अनेरास्ववियुले गर्‍यो बाजुरामा यातायात सेवा बन्द


    आइतबार, पुष ३ २०७९
    705
    Shares
  • २ मिनेट पाठ
  • कैलाली ।अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ । घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले यातायात सेवा बन्द गरेको हो। बाजुराको बजार बन्द गराएर प्रदर्शन गर्न थालेपछि सदरमुकामको अवस्था भने तनावग्रस्त बनेको छ। 

    नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा ज्यान गएको थियो। त्रिवेणी गाउँपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताहरूले गएराति घरमै गएर अयडीलाई कुटपिट गरेका थिए।
    कुटपिटपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो ।

    सोही घटना भएको एक महिना नै बित्दा पनि हत्यामा संलग्नलाई अहिले सम्म कारबाही नगरेको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

    यातायात बन्द पछि शनिबार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

    यसैक्रममा त्रिवेणी गाउँपालिका–७ मा मंसिर ४ आइतबार दिउँसो मतदानको समयमा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु हुने स्थानीय कांग्रेस कार्यकर्ता सञ्जीव अयडी थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार