काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । नेपाली समय अनुसार साँझ पौने ९ बजे फाइनल खेल लुसिल स्टेडियममा सुरु हुने भएको हो ।
गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।
आजको खेल रोचक हुने छ । आइतबारको खेलमा धेरैको नजर लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ। ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो।