काठमाडौँ । पुषको सुरुवातमै देशभर चिसो बढ्न थालेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागले देशका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने बताएको छ । देशका धेरै जसो स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना छ । बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने भएकाले सुरक्षि रहन विभागले सबैलाई अनुरोध गरेको छ ।
विभागका अनुसार मध्यान्ह सम्ममा तापक्रम क्रमिक रुपमा सुधार हुँदै जाने छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।