काठमाडौँ। एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ सय बढी सवारी चालकहरू कारवाहीमा परेका छन्। शुक्रबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २४४ जना, लेन अनुशासन पालना नगर्ने १२९ जना, रेड लाइटमा सवारी साधन चलाउने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १११ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५३ जना चालक रहेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२ सय ९५ जना सवारी चालकलाई अन्य कारवाही गरेको छ।