Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माल्दिभ्समा भिषण आगलागी हुँदा ७० भन्दा बढी घाइते


    शुक्रबार, पुष १ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । माल्दिभ्सको एक टापुमा रहेको आवासीय भवनमा आगलागी हुँदा ७० जना भन्दा बढी घाइते भएका छन् । औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा उक्त संख्यामा घाइते भएका हुन् । 

    ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र अग्निनियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् भने छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएकोे छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार