Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बन


    शुक्रबार, पुष १ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारवाहीमा एकजना ४४ पटक, ३५ पटक कारवाही एकजना, २४ पटक परेका तीनजना, १४ पटक परेका एकजना, १२ पटक परेका सातजना, सातपटक परेका दुईजना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी ६० जना छन् ।

    उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक विभागले जनाएको छ । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरुबाटै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार