Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


    शुक्रबार, पुष १ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। 

    काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसले ठक्कर दिँदा काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार