काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राई किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले हिजो बिहीबार कागजी सम्झौता गरेको बताईएको छ।
सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा तत्काल अन्य कलाकार भने फाइनल भइसकेको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।
यस फिल्मको छायांकन चैतबाट सुरु गर्ने योजना रहेको निर्देशक सिमोस सुनवारले बताए।