काठमाडौँ । वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नगरेका गाडी चलाए एक लाख जारिवाना गर्ने भएको छ । वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ भएको भन्दै विभागले प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ । विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन निर्देशन दिएको छ ।
विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।