काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरले जंगी अड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरेका छन्। नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनीहरुबीच आज भेटवार्ता भएको हो ।
उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले बताएको छ। सेनाले उनीहरुको भेटवार्ताले दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विश्वास लिएको छ ।