Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ लगानी भित्राएर उद्योगीलाई उत्साहित बनाउनौँः राष्ट्रिपति 


    बिहिबार, मंसिर २९ २०७९
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा नयाँ लगानी भित्राएर उद्योगी व्यवसायीलाई उत्साहित बनाउन सबै पक्षको ध्यान जानुपर्ने बताएकी छन् । विराटनगर महानगरपालिका-१४ स्थित डिग्री क्याम्पसको मैदानमा बिहीबार विराट एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

    राष्ट्रपति भण्डारीले कोरोना महामारीपछि शिथिल बनेको आर्थिक गतिविधि र राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उत्साहसहित माथि उठाउन सबै जुट्नुपर्ने बताइन् । उनले प्रदेश १ को राजधानी विराटनगरले आर्थिक क्षेत्र र औद्योगिकरणमा ठूलो सम्भावना बोकेको जिकिर गरेकी छन् । 

    ‘यस्ता प्रदर्शनीले अर्थतन्त्रलाई मजवुत बनाउन मद्दत पुग्छ । लगानी भित्र्याएर उद्योगी व्यवसायीलाई उत्साहित बनाउन अभिप्रेरित गर्छ,’ उनले भनिन्, ‘देशको प्रमुख औद्योगिक क्षेत्र विराटनगर पछिल्लो समय आफ्नो पहिचान र गौरव कायम गर्न संघर्षरत छ । प्रदेश १ को राजधानी विराटनगरले आर्थिक क्षेत्र र औद्योगिकरणमा ठूलो सम्भावना बोकेको छ ।’

    चीनको बजारसम्म सोझै जोडिने विराटनगरदेखि किमाथांकासम्मको कोशी राजमार्गको निर्माणले पूर्णता पाएपछि सम्भावनाका नयाँ ढोका खुल्ने उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार