Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड र बलिउड अभिनेता ओबरायबीच भेट


    बिहिबार, मंसिर २९ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुबा सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् ।

    अध्यक्ष प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल र नातिनी स्मिता दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनीहरुबीच भेट भएको फोटा सामाजिक सञ्जालमा गंगाले पोस्ट पनि गरेकी छन् ।

    सपरिवारसहित अभिनेता ओबराय हिजो बेलुका नेपाल आएका हुन् । उनले आजै पशुपतिनाथको दर्शन र चन्द्रागिरिको भ्रमण समेत गरेका थिए ।                         

    13.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार