Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा कटुवा पेस्तोलसहित एक जना पक्राउ


    बिहिबार, मंसिर २९ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिरहामा कटुवा पेस्तोलसहित हिजो (बुधबार) राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

    यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमबाट प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

    त्यस्तै फरार रहेका सरोजको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार