Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै ७ सय रुपैयाँले घट्यो सुनको मुल्य, कारोबार कतिमा ?


    बिहिबार, मंसिर २९ २०७९
    640
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन-चाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार १ हजार रुपैयाँले बढेको सुुनको मुल्य आज भने ७ सय रुपैयाँले घटेको छ।

    बिहीबार छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    आज तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो ।

    यता, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार १० रुपैयाँले बढेको चाँदी आज भने २० रुपैयाँले घटेको हो। बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार