Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज तरकारी र फलफूलको मूल्य


    बिहिबार, मंसिर २९ २०७९
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरणअनुसार बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ ।

    अदुवा र नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १६५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६ रुपैया ६७ पैसा, रातो आलु ४६ रुपैयाँ ५० पैसा, स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ । 

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा २९ रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२८ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रुपैयाँ ४० पैसा र हरियो धनियाँ ६० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार