Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रक्सिको नसामा श्रीमानको हत्या 


    बिहिबार, मंसिर २९ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । तनहुँमा श्रीमतीको कुटपिठबाट श्रीमानको ज्यान गएको छ । गएराति शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिठ गर्दा उनको मृत्यु भएको हो।

    पोखरा घर भई शुक्लागण्डकी-४ प्रगति टोलमा डेरा गरी बस्ने  ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

    सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन् । सोही क्रममा गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । 

    घटनामा संलग्न सुशीलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार