काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक समातिएका छन् । गत आइतबार एयर इन्डियाको उडानमा काठमाडौँबाट भारत जान लागेका उनीहरुलाई सुन मिश्रित कपडासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिरज कुन्नपिल्ली मोइदिन र पैसल कोत्तकुदिल अबु हुन् । मोइदिनको ५ थान फूलबुट्टे कपडाहरू गलाएपछि ७४.७५० ग्राम सुन फेला परेको प्रहरीले बताएको छ । यस्तै अर्का अबुको कपडामा ७३,८९० ग्राम सुन भेटिएको छ ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।