काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ७ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको ती मुद्दाको फैसलाविरुद्ध आज अख्तियार सर्वोच्चमा पुगेको हो ।
अख्तियारले विशेषमा दायर भएका मुद्दा उपरको फैसला चित्त नबुझेको बताएको छ । जसमध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि नोक्सी र घुस रिसवतसम्बन्धी ७ वटा मुद्दा रहेका छन् ।
सो मुद्दा आयोगको निर्णय अनुसार आज सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।