Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा २.६२ अंकको गिरावट


    बुधबार, मंसिर २८ २०७९
    595
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार पनि सेयर बजार ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक  २.६२ अंकले घट्दै १८९७।०८ विन्दुमा आएर रोकिएको छ।  हिजो मंगलबार नेप्से २.५७ अंकले घटेको थियो। 

    आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। आज नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

    कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। मंगलबार कुल २४८ कम्पनीको कारोबार हुँदा २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको थियो। 

    बुधबार कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। यसको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। 

    यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। 

    बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचकबाहेक सबै उपसूचकमा ओरालो लागेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार