Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई भेटेर रामचन्द्रले भने : संसदीय दलको नेतामा मलाई सघाउनुस्


    बुधबार, मंसिर २८ २०७९
    910
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा र भावी प्रधानमन्त्रीका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । 

    पौडेलले प्रधानमन्त्री देउवासँग उनकै सरकारी निवास बालुवाटारमा पुगेर भेट गरेका हुन्। काँग्रेस स्रोतका अनुसार दुइ नेताबीचको छलफलमा नेता पौडेलले आफुलाई संसदिय दलको नेतामा प्रस्ताव गर्न देउवालाई आग्रह गरेका छन् । जवाफमा देउवाले सबै बिषयमा हेर्ने भन्दै केहीदिन पर्खन अनुरोध गरेका छन् । 

    सो क्रममा पौडेलले भने,‘गठबन्धन निर्माणमा मैले पनि भूमिका निर्वाह गरेको हुँ । गठबन्धन टिकाउन मेरो पनि ठुलो भूमिका छ भनेर देउवासँग भने । 

    काँग्रेसमा संसदीय दलको नेता बन्नको लागी लर्को नै लागेको छ । यस क्रममा नेताहरुले भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् । 

    पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार