Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप सेमिफाइनल : फ्रान्स र मोरक्को आज भिड्दै 


    बुधबार, मंसिर २८ २०७९
    400
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साविक च्याम्पियन फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल आज राति १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ । 

    फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलोपटक सेमिफाइनल पुगेको मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराएको थियो। फ्रान्स सातौँ पटक विश्वकप सेमिफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ। 

    मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्दै नयाँ इतिहास बनाएको छ। अब मोरक्को फाइनल पुगेर अर्को कीर्तिमान बनाउन चाहन्छ।

    आज राति दुवै टिम विश्वकपको पहिलो भेटमै जित निकाल्दै फाइनलको यात्रा गर्ने योजनामा छन् । यस्तै गएराति पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनल प्रवेश गरेको छ। फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार