सुदूरपश्चिम लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]
बुधबार, मंसिर २८ २०७९
740
Shares
१ मिनेट पाठ
740
सेयर
काठमाडौँ। सुदूरपश्चिमको प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज मंसिर २८ गते बुधबार कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको हो ।
स्थानीय सरकारी सेवातर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो । आयोगले अहिले ५४ पदका लागि विज्ञापन खोलिएको जनाएको छ ।
योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।