Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण


    बुधबार, मंसिर २८ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र पानी काठमाडौँ उपत्यकामा वितरण भइरहेको छ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन ।

    आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। 

    मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ ।

    हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने राईले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार